सन्दिपकाे मुद्दा हेर्न नभ्याइनेमा पर्‍याे

सन्दिपकाे मुद्दा हेर्न नभ्याइनेमा पर्‍याे

काठमाडाैं। बलात्कार आरोप लागेका नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा परेकाे छ। हाल सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका उनले पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश बदरको माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएका थिए।

तर बिहीबार पाटनमा पुरावेदनको पेसी रहेकाेमा सन्दीपको निवेदनमा सुनुवाइ हुन सकेन। न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याइनेमा राखियाे।

उनीमाथि २१ भदैमा १७ वर्षीया किशोरीले बलात्कार गरेको आरोपमा जाहेरी दिएकी थिइन्। त्यस समय क्रिकेेट खेल्नका लागि जमैकामा रहेका उनी एक महिनापछि काठमाडाैं आउँदा विमानस्थलबाटै पक्राउ परेका थिए।

यसपछि, नाबालिका बलात्कारको आरोपमा लामिछानेलाई जिल्ला अदालत, काठमाडौंले १८ कात्तिकमा पूर्पक्षका लागि थुनामा पठाएको थियो ।

पुष १४, २०७९ बिहीबार १६:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।