महान्यायाधिवक्ता डा. पोखरेलले लिए पद तथा गोपनीयताको शपथ
काठमाडाैं। नवनियुक्त महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समुपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले डा. पोखरेललाई शपथ गराएका हुन्र।
प्रधानमन्त्री दाहालका सिफारिसमा राष्ट्रपति भण्डारीले डा. पोखरेललाई बुधबार महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन्।२५ वर्षदेखि निरन्तर कानुन व्यवसायमा संलग्न उनले सन् २०१६ मा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा विद्यावारिधि गरेका थिए।
कानुनी अभ्यास र परामर्शका अतिरिक्त कानुनी अनुसन्धान, कानुनी मस्यौदा र तालिममा संलग्न डा. पोखरेलले संविधानसभाको प्राकृतिक स्रोत, आर्थिक अधिकार र राजस्व बाँडफाँट समितिमा कानुनविद्का रूपमा काम गरिसकेका छन्।
पुष १४, २०७९ बिहीबार १५:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।