बागमती प्रदेश एमाले संसदीय दलको नेतामा जगन्नाथ थपलिया छनाेट
काठमाडाैं। जगन्नाथ थपलिया बागमती प्रदेशकाे एमाले संसदीय दलको नेतामा छनाेट भएका छन्। एमाले संसदीय दलको कार्यालय हेटौंडामा आज बसेको बैठकले थपलियालाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो।
पार्टीको केन्द्रीय सदस्य थपलिया चितवन १ को प्रदेश सभा १ बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। बागमती प्रदेशसभामा एमालेको २७ जना सदस्य रहेका छन्।
पुष १४, २०७९ बिहीबार १४:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।