पूर्व स्वीकृति नलिई शैक्षिक मेला नगर्नुः शिक्षा मन्त्रालय, गरेको पाइएमा कारबाही हुने

पूर्व स्वीकृति नलिई शैक्षिक मेला नगर्नुः शिक्षा मन्त्रालय, गरेको पाइएमा कारबाही हुने

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पूर्व स्वीकृति नलिइकन शैक्षिक मेला वा प्रदर्शनीको आयोजना नगर्न सूचना जारी गरेकाे छ। बिहीबार जारी सूचनामा पूर्व स्वीकृति नलिई शैक्षिक मेला आयोजना गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ।

मन्त्रालयको उच्च शिक्षा महाशाखाको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले निकालेकाे सूचना अनुसार मन्त्रालयबाट पूर्व स्वीकृति नलिई कार्यक्रम आयोजना र कार्यक्रम सम्बन्धी कुनै मिडियाबाट प्रचारप्रसार नगर्न नगराउन पनि अनुरोध गरिएकाे छ।

शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ ले स्वदेशी तथा विदेशी संस्थाले शैक्षिक मेला वा प्रद्धर्शनीको आयोजना गर्दा मन्त्रालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरेपनि हाल केही संस्थाहरुले स्वीकृति नलिई शैक्षिक मेला आयोजना गर्ने गरेकाेले याे निर्देशन जारी भएकाे हाे।

 

पुष १४, २०७९ बिहीबार १३:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।