नेपाल टी–२० : विराटनगरको दोस्रो जित, पोखरा पाँचै खेलमा पराजित

नेपाल टी–२० : विराटनगरको दोस्रो जित, पोखरा पाँचै खेलमा पराजित
तस्बिर- क्यान

काठमाडौं : पहिलो संस्करणको नेपाल टी–२० लिगमा विराटनगर सुपर किंग्सले दोस्रो जित दर्ता गरेको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गर्दै विराटनगरले दोस्रो जित निकालेको हो।

पोखराले दिएको १ सय ३६ रनको लक्ष्य विराटनगरले १८.४ ओभरमा २ विकेट गुमाएर भेट्टायो।

विराटनगरका लागि रोहित पौडेलले अविजित ७१ रनको इनिङ खेले। गौरान्सु शर्माले ३३ तथा हुसेन तलतले अविजित २८ रन बनाए।

पोखराका लागि अमिर हम्जा र जाहिर खानले समान १र१ विकेट लिए। 

त्यसअघि पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रन बनायो। उसका लागि अमिर हम्जाले अविजित ३७ रन बनाउँदा सुमित महर्जनले २६ रन जोडे।

कप्तान उपुल थरंगा २५ तथा प्रतिश जिशीले अविजित १३ रन बनाउँदा आसिफ शेख ११ रनमा आउट भए।

विराटनगरका लागि कप्तान आन्द्रे म्याकार्थीले ३ तथा साहब आलम,राज नानन र नन्दन यादवले समान १–१ विकेट लिए। 

चार खेल खेलेको विराटनगरले दोस्रो जितका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। पाँच खेल खेलेर अंक विहीन पोखरा ५ खेलमा अंक विहीन रहेर अंक तालिकाको पुच्छारमा छ।

पुष १४, २०७९ बिहीबार १२:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।