अष्ट्रेलियाले घरेलु मैदानमा १७ वर्षपछि हरायाे दक्षिण अफ्रिकालाई
एजेन्सी। अष्ट्रेलियाले टेष्ट क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध घरेलु मैदानमा १७ वर्षपछि पहिलाे जित निकालेकाे छ। दक्षिण अफ्रिकासँग दोस्रो टेष्ट म्याचमा अष्ट्रेलियाले एक इनिङ र १८२ रनको सान्दार जित निकाल्याे।
याे जितसँगै अष्ट्रेलियाले तीन टेष्ट म्याचकाे सिरिज २-० ले कब्जामा पारेकाे छ। साथै जितसँगै अष्ट्रेलिया आईसीसी विश्व टेष्ट च्याम्पियनसिप २०२१/२३ को फाइनलकाे निकै नजिक पनि पुगेको छ।
खेलमा टस हारेर पहिला ब्याटिङ गरेकाे दक्षिण अफ्रिका पहिलाे इनिङमा मात्र १८९ रनमा अलआउट भएकाे थियाे। पहिलाे इनिङमा अष्ट्रेलियाका क्यामरुन ग्रीनले दक्षिण अफ्रिकाकाे खेल ध्वस्त पार्न पाँच विकेट लिएका थिए
अष्ट्रेलियाले भने पहिलो इनिङमा सान्दार ब्याटिङ गर्दै ५७५ रनमा इनिङ समाप्तिको घोषणा गरेकाे थियाे। अष्ट्रेलियाका लागि सयाैं टेष्ट खेल खेलिरहेका डेविड वार्नरले दाेहाेराे शतक प्रहार गरेका थिए। त्यसैगरी, एलेक्स क्यारीले पनि १११ रनकाे शतकीय ब्याटिङ गरेका थिए।
यसपछि दोस्रो इनिङमा पनि खराब खेल खेलेकाे दक्षिण अफ्रिका २०४ रनमा अल आउट भयो।
पुष १४, २०७९ बिहीबार १२:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।