सिटीको जितमा हालान्डकाे दुई गोल, प्रिमियर लिगमा बनाए नयाँ रेकर्ड

सिटीको जितमा हालान्डकाे दुई गोल, प्रिमियर लिगमा बनाए नयाँ रेकर्ड

एजेन्सी। म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडसँग ३-१ काे सानदार जित हात पारेकाे छ। सिटीकाे जितमा फरवार्ड एर्लिङ हालान्डले दुई गोल गरे।

यस खेलकाे गाेलसँगै नर्वेका खेलाडी हालान्डले इंग्लिस प्रिमियर लिगमा सबैभन्दा छिटाे २० गाेल पूरा गर्ने नयाँ रेकर्ड बनाएका छन्। उनले सिटीका लागि १४ खेलमा २० गाेल गरेका हुन्।

यसै सिजन सिटीमा अनुबन्धित भएका हालान्ड उत्कृष्ट लयमा छन्। लिगका सबै प्रमुख खेलाडीहरू कतार विश्वकपमा व्यस्त रहेका बेला हाल्यान्डले भने नर्वे छनाैट नभएका कारण आराम गर्ने माैका पाएका थिए।

सिटीले घरेलु टोली लिड्समाथि पहिलो हाफमा रोड्रीकाे गाेलमार्फत अग्रता बनाएकाे थियाे। यसपछि दाेस्राे हाफमा हाल्यान्डले दुई गोल गरेका थिए।

याे जितसँगै सिटीले लिग लिडर आर्सनलसँगकाे अंक भिन्नतालाई पाँच अंकमा झारेकाे छ। जितपछि दोस्रो स्थानमा उक्लिएको सिटीको १५ खेलबाट ३५ अंक छ। समान खेलेकाे लिडर आर्सनलको ४० अंक छ। 

पुष १४, २०७९ बिहीबार ११:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।