सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं : साताको पाँचौं दिन सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

बुधबार तोलामा ४ सय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार २ सय रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ सय रूपैयाँ कायम हुँदा तेजाबी सुन १ लाख ४ सय रूपैयाँमा कारोकार हुनेछ।

यस्तै, चाँदीको मूल्य आज तोलामा २० रूपैयाँ घटेर १ हजार ३ हजार ८० रूपैयाँमा कारोबार हुृने महासंघले जनाएको छ।

पुष १४, २०७९ बिहीबार १०:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।