चार सयजना रहेको कम्बोडियाको एक होटलमा आगलागी, ७ जनाको मृत्यु

चार सयजना रहेको कम्बोडियाको एक होटलमा आगलागी, ७ जनाको मृत्यु

एजेन्सी : कम्बोडियाको एक होटल क्यासिनो ग्राण्ड डायमण्ड सिटीमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ ।

यो होटल–क्यासिनो कम्बोडिया र थाइल्याण्डको सीमावर्ती सहर पोइपेटमा छ। बुधबार दिउँसो ४ः३० बजे होटलमा आगलागी भएको हो।

प्रहरीका अनुसार त्यसबेला होटलमा करिब चार सय मानिस उपस्थित थिए।

सामाजिक सञ्जालमा भाइरल भइरहेका भिडियोहरूले मानिसहरू माथिल्लो तलाबाट हाम फालेको वा खसेको देखाउँछन्।

स्थानीय मिडियाका अनुसार होटलमा थाइल्याण्डका धेरै मानिसहरू उपस्थित थिए। आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।

घाइतेहरूलाई थाइल्याण्डको साओ प्रान्तको अस्पतालमा लगिएको थाइ विदेश मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै एएफपी समाचार एजेन्सीले जनाएको छ।

पोइपेट शहर दुई देशबीचको महत्वपूर्ण सीमा क्षेत्र हो। धेरै प्रख्यात क्यासिनोहरू रहेको यहाँ थाइ नागरिकहरू बारम्बार आउने गर्छन्।

पुष १४, २०७९ बिहीबार १०:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।