निर्मला कुर्मीको अपहरण र कर्तव्य ज्यान मु्द्दाका आरोपी कांग्रेस सांसद्को शपथ रोक्न माग

निर्मला कुर्मीको अपहरण र कर्तव्य ज्यान मु्द्दाका आरोपी कांग्रेस सांसद्को शपथ रोक्न माग

बुटवल : बाँके क्षेत्र नम्बर–३ ‘ख’बाट नवनिर्वाचित प्रदेशसभा सदस्य बादशाह कुर्मीको शपथग्रहण रोक्न माग गरिएको छ।

नेपाली कांग्रेसबाट सांसद् बनेका कुर्मीको शपथ रोक्न आग्रह गर्दै अधिकारकर्मीले लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई ज्ञापनपत्र बुझाएका हुन्।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१७ की एकल महिला निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाको आरोप लागेका बादशाहलाई प्रदेशसभा सदस्यको शपथग्रहण नगराउन उनीहरूले माग गरेका छन्।

रुबी खान नेतृत्त्वको महिला अधिकार मञ्च बाँकेका पदाधिकारीले प्रदेश प्रमुख शेरचनलाई भेटेर यस्तो आग्रह गरेका हुन्।

कुर्मीलाई गृह मन्त्रालयबाट गठित छानबिन समितिले दोषी ठहर गरेको तथा सीआईबीको अनुसन्धान जारी रहेको भन्दै उनीहरूले शपथ रोकेर न्याय निरूपणमा सहयोग गर्न आग्रह गरेका छन्।

पुष १४, २०७९ बिहीबार १०:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।