भारतकाे राजनीतिक र्‍यालीमा दुर्घटना, सात जनाको मृत्यु

भारतकाे राजनीतिक र्‍यालीमा दुर्घटना, सात जनाको मृत्यु

एजेन्सी : भारतको आन्ध्र प्रदेशमा भएको राजनीतिक र्यालीमा भएको दुर्घटनामा सात जनाको मृत्यु भएको ।

प्रदेशको नेल्लोर जिल्लामा तेलुगु देशम पार्टी (टीडीपी) को र्यालीमा भएको भागदौडमा सात जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

यो र्याली टीडीपीका प्रमुख र आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले आयोजना गरेका थिए।

दुर्घटनामा धेरै व्यक्ति घाइते भएका छन्, जसमा केहीको अवस्था निकै गम्भीर छ।

नायडू रोड शो गर्दै गरेको अवस्थामा हजारौंको भीड उनको गाडीको वरिपरि जम्मा भएको बेलामा दुर्घटना भएको समाचारमा उल्लेख छ।

पार्टीले मृतकका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

पुष १४, २०७९ बिहीबार ०९:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।