केही तात्यो काठमाडौं, बढ्यो तापक्रम

केही तात्यो काठमाडौं, बढ्यो तापक्रम
वरिष्ठ माैसमविद् बरुण पाैडेल

काठमाडौं : पछिल्लो दुई दिनको तुलनामा काठमाडौंको तापक्रम केही बढेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार र बुधबारको तुलनामा बिहीबार तापक्रम केही बढेको हो।

राति बादल लागेको र हावाका आएका कारण तापक्रम बढेको वरिष्ठ मौसमविद् बरुण पौडेलले उकेरालाई जानकारी दिए। उनका अनुसार आज विहान पौने ६ बजे काठमाडौंको तापक्रम ४.२ डिग्री सेल्सियस थियो।

बुधबारको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियससम्म झरेको थियो। आज दिउँसोको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्नसक्ने पौडेलले बताए।

उनका अनुसार बिहीबार राति र शुक्रबार विहान प्रदेश १ र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना छ।

पुष १४, २०७९ बिहीबार ०७:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।