२२ हजार ऋण तिर्न नसकेर मृत्युको नाटक गरेपछि...

२२ हजार ऋण तिर्न नसकेर मृत्युको नाटक गरेपछि...

एजेन्सी। ऋणमा डुबेकी एउटी महिलाले आफ्नो मृत्युको झुटो खबर फैलाएकी छिन्। यति मात्र होइन ऋण तिर्न नपरोस् भनेर उनले आफ्नो शवको तस्बिर सामाजिक सञ्जालमा अपलोड पनि गरेकी छिन्।

उनले यो उपाय ऋणबाट छुटकारा पाउन गरेकी हुन्। एक–दुई पटक मात्र होइन उनले धेरै पटक सामाजिक सञ्जालमा फोटो अपलोड गरेपछि उनको झुटको पर्दाफास भएको थियो।

उनी त्यसपछि फरार भएकी छिन्। ऋण तिर्न नसकेर मृत्युको झुटो खबर फैलाउने इन्डोनेसियाली महिलाको नाम लिजा देवी प्रमिता रहेको बताइएको छ। उनको ४२ लाख आइडीआर (लगभग २२ हजार रुपैयाँ) ऋण थियो।

त्यसपछि उनले सामाजिक सञ्जालमा आफ्नो मृत्युको नाटक गरेकी हुन्। २२ हजारको ऋणबाट बच्न लिसाले फेसबुकमा आफूलाई मृत घोषित गरेकी हुन्। ती महिलाका छोराले तस्बिरसहित सामाजिक सञ्जालमा आमाको मृत्युको जानकारी शेयर गरेका छन्।

पोस्ट धेरै लामो लेखिएको थियो। तस्बिर हेर्दा पनि ती महिला यो संसारमा रहिनन् भन्ने प्रष्ट भएको थियो। किनकी लिसाले नाकमा कपास हालेर फोटो क्लिक गरेकी थिइन् र फेसबुकमा पोस्ट गरेकी थिइन्।

वास्तवमा लिसाले माया गुणवान भन्ने व्यक्तिबाट ४२ लाख आइडीआर (२२ हजार रुपैयाँ) ऋण लिएकी थिइन्। तर, उक्त रकम तिर्न नसकेपछि उनले म्याद थप गर्न माग गरेकी हुन्।

माया यसमा राजी भइन् तर दोस्रो पटक लिसाले डेडलाइन पूरा गर्न नसकेपछि मायाबाट बच्न आफ्नै मृत्युको विचार उनका आएको थियाे। सुरुमा ती महिलालाई शंका लागेन तर जब उनले लिजाको घरबाट टाढा अन्तिम संस्कारको बारेमा थाहा पाइन् तब उनलाई अनौठो लाग्यो।

त्यसपछि उनले फोटोहरू क्रस-भेरिफाइ गरिन् र फोटोहरू इन्टरनेटबाट चोरी गरी नक्कली मृत्युको नाटक गरिएको फेला पारिन्। मायाले पछि फोटोहरूको बारेमा लिजाको छोरालाई भनिन्। उनको छोराले पनि आमाले ऋण तिर्न नसकेर मृत्युको नाटक गरेको बताएका थियो।

पुष १३, २०७९ बुधबार २०:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।