चुनावमा अन्तर्घात गर्नेको उजुरी पठाउन कांग्रेसले दियाे माघ १५ सम्मकाे समय
काठमाडाैं। नेपाली कांग्रेसले गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेको उजुरी केन्द्रमा पठाउने मिति आगामी माघ १५ गतेसम्म निर्धारण गरेको छ।
यसअघि मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अन्तर्घात गर्नेको उजुरी पठाउने समय यही पुस १५ गतेसम्मका लागि निर्धारण गरेकाे थियाे। पार्टीका स्थानीय तहबाट म्याद थप्नुपर्ने सिफारिस बमोजिम याे अवधि थप गरिएको पार्टी कार्यालयले आज जनाएको छ।
कांग्रेसले निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेको उजुरी प्रदेश एवं जिल्ला अनुशासन समितिबाट निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउन पत्राचार गरेको छ।
पुष १३, २०७९ बुधबार १७:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।