नाइजेरियामा दुई छुट्टाछुट्टै दुर्घटनामा परेर २१ जनाको मृत्यु

नाइजेरियामा दुई छुट्टाछुट्टै दुर्घटनामा परेर २१ जनाको मृत्यु

एजेन्सी। नाइजेरियामा दुई छुट्टाछुट्टै दुर्घटनामा परेर २१ जनाको ज्यान गएको छ। सोमबार र मंगलबार भएका दुर्घटनामा परेर कम्तीमा पनि २१ जनाको ज्यान गएको त्यहाँका सुरक्षा अधिकारीले जानकारी दिएका छन्।

देशको मध्यभागमा पर्ने कुवार तास्कुवाममा सोमबार दुई सवारी साधन आपसमा ठोक्किएर भएको दुर्घटनामा परेर ११ जनाको ज्यान गएको थियाे। त्यसैगरी, मंगलबार पनि देशको एक मुख्य राजमार्गमा सवारी दुर्घटना भएको र त्यसमा परेर १० जनाको ज्यान गएको सुरक्षा अधिकारीहरूले जनाएका छन्।

नाइजेरियामा सडकको खराब अवस्थाका साथै चालकहरूले निकै लापरबाही रुपमा सवारी हाँक्ने भएकाले पनि सडक दुर्घटनाहरु भइरहने बताइन्छ। नाइजेरियामा वर्षेनी सयौं मानिसको सडक दुर्घटनामा परेर ज्यान जाने गरेको छ।

पुष १३, २०७९ बुधबार १६:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।