लुम्बिनी प्रदेशसभा सांसद्हरूको शपथग्रहण १६ र अधिवेशन १८ गते गराउन सिफारिस
बुटवल : लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाका सदस्यहरूलाई पुस १६ गते सपथग्रहण गराउनका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको छ।
बुधबार मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतमा बसेको मन्त्रिपरिषद् बैठकले सांसद्हरूको शपथग्रहणका लागि १६ गते र प्रदेश अधिवेशन १८ गते बोलाउने निर्णय गरिएको सरकारका प्रवक्ता एंव आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री तिलकराम शर्माले जानकारी दिए।
यस्तै, शर्माले लुम्बिनी प्रदेशको पूर्व सिमाना नवलपरासीमा स्वागतद्वार निर्माण गर्नका लागि स्थानीयतहलाई अनुरोध गरे।
लुम्बिनी प्रदेशका सदस्यहरूलाई पहिलो पटक आफ्नो भवन प्रदेश सभा भवन देउखुरी दाङमा नै सपथ गराउने गरी तयार गरेको छ।
लुम्बिनी प्रदेश सरकारले स्थायी मुकाम राप्ती उपत्यका देउखुरी, दाङबाट सञ्चालन गरि सकेको छ भने प्रदेशसभा पनि आफ्नै नयाँ भवनबाट सञ्चालन गरेको तयारी भइरहेको छ।
पुष १३, २०७९ बुधबार १२:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।