काठमाडौंमा आज यसवर्षकै सबैभन्दा चिसाे
काठमाडौं : काठमाडौंको तापक्रम घट्ने क्रम जारी छ।
मंगलबारभन्दा बुधबार ०.४ डिग्री सेल्सियसले तापक्रम घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
मंगलबार ३.८ डिग्री मापन गरिएको उपत्यकाको तापक्रम बुधबार ३.४ डिग्री सेल्सियसमा झरेको छ।
अहिले देशको प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रहि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू–भागमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो प्रदेश १ को पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश १ को हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश १ को हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
पुष १३, २०७९ बुधबार ०७:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।