वर्षको अन्त्यमा आएर किन धमाधम बन्द हुँदैछन् पाकिस्तानमा सवारी उत्पादन प्लान्ट?

वर्षको अन्त्यमा आएर किन धमाधम बन्द हुँदैछन् पाकिस्तानमा सवारी उत्पादन प्लान्ट?

एजेन्सी : पाकिस्तानका केही सवारी कम्पनीहरूले वर्षको अन्त्यमा केहि दिनका लागि उत्पादन र एसेम्बलिङ प्लान्ट बन्द गर्ने घोषणा गरेका छन्।

बीबीसीका अनुसार अटो पार्ट्सको आयातमा आएको कमी र सवारी साधनको मागमा आएको कमीका कारण कम्पनीहरूले यस्तो निर्णय लिनुपरेको हो।

पाक सुजुकीले सोमबार आफ्नो प्लान्ट जनवरी २ देखि जनवरी ६ सम्म बन्द रहने बताएको छ। एसेम्बल भएका सवारी साधनको आयातमा प्रतिबन्ध लगाएका कारण यस्तो निर्णय गरिएको कम्पनीले विज्ञप्तिमा जनाएको छ।

आयातित सामानको क्लियरेन्समा ढिलाइ हुँदा अभाव हुन थालेपछि कम्पनीले पाँच दिनका लागि प्लान्ट बन्द गर्ने निर्णय गरेको हो।

यसअघि टोयोटा इन्डस पाकिस्तानले प्लान्ट २० देखि ३० डिसेम्बरसम्म बन्द राख्ने निर्णय गरेको थियो।

विदेशी मुद्रा सञ्चिति घटेपछि स्टेट बैंक अफ पाकिस्तानले अटो क्षेत्रसँग सम्बन्धित वस्तु आयात गर्दा पूर्व स्वीकृति लिनुपर्ने बाध्यता बनाएको छ।

आयात कन्टेनर क्लियर नगर्दा र बैंकले ऋणपत्र नखोल्दा आयातमा आश्रित यी कम्पनी घाटामा छन् ।

प्रतिबन्धका कारण धेरै कार कम्पनीहरूले वर्षमा धेरै पटक उत्पादन बन्द गर्नुपरेको थियो।

पुष १३, २०७९ बुधबार ०७:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।