बागलुङ केन्द्र बनाएर मध्यरातमा तीन भूकम्पको धक्का
काठमाडौं : बागलुङ केन्द्रविन्दु भएर तीनवटा भूकम्प गएका छन्।
बागुलङलाई केन्द्र बनाएर ४ दशमलव ७, ५ दशमलव ३ तथा ४ म्याग्निच्यूटका तीन भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ।
केन्द्रका अनुसार बागलुङको अधिकारी चौरको वरपर गएराति १ बजेर २३ मिनेटमा ४ दशमलव ७ म्यान्च्यिूटको भूकम्प गएको थियो।
यस्तै बागलुङकै खुंगामा केन्द्र बनाएर राति २ बजेर ०७ मिनेटमा ५ दशमलव ३ म्याग्निच्यूटको भूकम्प गएको केन्द्रले जनाएको छ।
त्यसपछि बिहान ३ बजेर २८ मिनेटमा अधिकारी चौर नै केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ।
उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भएको केन्द्रले जनाएको छ।
पुष १३, २०७९ बुधबार ०७:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।