केपी ओलीसँग कुरा गर्न राजी हुँदाहुँदै प्रचण्डले एक्लै सहमति गरेको माधव नेपालको दाबी

केपी ओलीसँग कुरा गर्न राजी हुँदाहुँदै प्रचण्डले एक्लै सहमति गरेको माधव नेपालको दाबी

काठमाडौँ : एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव अनुसार आफू एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सरकार गठनबारे छलफल गर्न राखेको प्रस्ताव स्वीकार गर्दा पनि थाहै नदिई एक्लै सहमति गरेको ब्रिफिङ गरेका छन्।

उनले मङ्गलवार पार्टीको पदाधिकारी बैठकमा कसरी गठबन्धन टुट्यो भन्ने ब्रिफिङ गर्दै ' काँग्रेस र माओवादीले हेपेको दाबी गरेका हुन्।

प्रचण्डले यो गठबन्धन १५ वर्षसम्म चल्ने दाबी गरे आफू त्यस्तो पक्षमा नरहेको भन्दै अन्तिम समयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री र राष्ट्रपति दुवै आफ्नै पार्टीले लिने बताएपछि प्रचण्ड विक्षिप्त भएर ओलीसँग कुरा गर्न गएको तर आफूलाई पनि बोलाउने भने पनि थाहै नदिई सहमति गरेको दाबी गरेका छन्।

'पहिलो दल भएपछि काँग्रेसलाई के के भयो, के-के न पायौँ भनेर खुट्टा भुईँमा न भाँडामा रह्यो,' उनले बैठकमा गरेको ब्रिफिङ उल्लेख गर्दै एक नेताले भने'काँग्रेसको रवैयाबाट पीडित हौँ, पहिले पनि पीडित थियौँ अहिले पनि पीडित हौँ। माओवादीको रवैयाबाट पनि हामी पीडित हौँ।'

उनले काँग्रेस र माओवादीले हेपेको पनि अनि अर्कोतर्फ सहयोग गरेको पनि भन्दै प्रचण्डलाई पहिला प्रधानमन्त्री बन्न आफैँले भनेको दाबी गरे। तर देउवासँग प्रचण्डले पहिला खुसुखुसु कुरा गरेको र कुरा बिग्रिएपछि आफूलाई आग्रह गरेको उनको दाबी छ।

'शेरबहादुरजीसँग कुरा गर्दा उहाँले प्रचण्डजी भए पनि ठिकै छ केही फरक पर्दैन भनेर भन्नुभयो । तर कुरा फेरेको देखेँ। शेरबहादुरजीले बोली फेर्नु भएको थियो। उहाँलाई कसैले उचालेको थियो,' उनले बैठकमा भने'  २ वर्ष काँग्रेस, २ वर्ष माओवादी र १ वर्ष हाम्रो पार्टी प्रधानमन्त्री बन्ने कुरा पनि आयो। सुरुमा पहल राष्ट्रपतिका लागि गरेका थियौँ। कहिले राष्ट्रपति हुन्छ भन्ने कहिले नहुने भन्ने भयो। पछि काँग्रेसबाट प्रधानमन्त्री र राष्ट्रपति पनि आफू लिने भन्ने आएपछि त्यसले वातावरण फेरि बिग्रन थाल्यो।'

प्रचण्डले गठबन्धन चल्नेवाला छैन भन्दै बालुवाटारमा बसेर 'केपी ओली छुट्टै बसेर कुराकानी गरौँ, नयाँ ढङ्गले अघि बढौँ' भनेपछि हुन्छ भनेको तर उनी एक्लै बालकोट गएर सहमति गरेको नेपालको दाबी छ।

पार्टी अफिसमा आएर कुरा गर्नुपर्यो भन्दै तुरुन्तै रवि लामिछाने, राजेन्द्र लिङदेन र उपेन्द्र यादवलाई फोन गरेर बसेर कुरा गरौँ भन्दा यादव आउँछु भनेको, राजेन्द्रको फोन नउठेको र रविले बालकोट लाग्दैछु भनेको जानकारी दिएका थिए।

त्यसपछि प्रचण्ड पनि बालकोट गएर सङ्ख्या पुगेपछि सहमति गरिसकेपछि चार बजेतिर शेरबहादुर देउवाले फोन गरेर प्रचण्डलाई पहिलो प्रधानमन्त्री हो भनिदिनु भनेको र आफूले समयमा बुद्धि पुर्याउनु छैन' भनेर दाबी गरेका छन्।

पुष १३, २०७९ बुधबार ००:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।