सलमानलाई ‘बर्थडे’ विस गर्न गएका फ्यानमाथि प्रहरीको लाठीचार्ज (४ फोटो)

सलमानलाई ‘बर्थडे’ विस गर्न गएका फ्यानमाथि प्रहरीको लाठीचार्ज (४ फोटो)

एजेन्सी : बलिउडका भाइजान अर्थात सलमान खानले आज आफ्नो ५७ औं जन्मदिन मनाइरहेका छन्।

विशेष अवसरमा उनलाई बलिउडदेखि टिभीसम्मका स्टारहरूले शुभकामना दिइरहेका छन्। योसँगै फ्यानहरूले पनि सलमानलाई निरन्तर शुभमकामना  बर्साइरहेका छन्। 

हिजो राति आयोजना गरिएकाे बर्थडे पार्टीमा धेरै बलिउडका धेरै कलाकारहरू सहभागी भए।

मंगलबार दिउँसो फ्यानलाई अभिावादन गर्न सलमान खान आफ्नो घरको बार्दलीमा देखा परे।  ग्यालेक्सी अपार्टमेन्टको बार्दलीमा आए र प्रशंसकहरूलाई अभिवादन गर्न हात हल्लाए।

सलमानले हाल हल्लाउँदा फ्यान उत्साहित हुँदा भीड अनियन्त्रित बन्याे जसकारण प्रहरीले भीडलाई नियन्त्रणमा लिन लाठीचार्ज गर्नुपर्याे। लाठीचार्जबाट कसैलाई पनि गम्भीर चोट नलागेको प्रहरीलाई उद्धृत गर्दै बलिउडलाइफले लेखेको छ।

सलमानको जन्मदिनमा हरेक वर्ष हजारौं मानिस उनको घरबाहिर एक झलक हेर्न आउने गर्छन्। सलमान खानको फ्यान फलोइङ एकदमै धेरै छ। उनका फ्यान देशमा मात्रै होइन विदेशमा पनि प्रशस्तै छन्।

पुष १२, २०७९ मंगलबार २०:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।