गण्डकी प्रदेशसभा बैठक पुस १८ गते

गण्डकी प्रदेशसभा बैठक पुस १८ गते

पोखरा : गण्डकी प्रदेशसभाको बैठक पुस १८ गते बस्ने भएको छ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८३ को उपधारा १ बमोजिम पुस १८ गते सोमबार दिउँसो ३ बजे प्रदेशसभा भवन नदीपुरमा अधिवेशन आह्वान गरेका हुन्।

प्रदेश प्रमुख गुरुङले बुधबार प्रदेशसभामा ज्येष्ठ सदस्य मित्रलाल बस्याललाई शपथग्रहण गराउनेछन्। त्यसपछि बिहीबार बस्यालले प्रदेशसभाका अन्य सदस्यहरूलाई शपथग्रहणको कार्यक्रम तय भएको छ।

गण्डकी प्रदेशसभाको ६० सिटमध्ये कांग्रेसले २७, एमालेले २२, माओवादी ८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) २ र एकीकृत समाजवादीले १ सिट जितेका छन्।

प्रदेशमा सबैभन्दा ठूलो दल बनेको कांग्रेसले बुधबार संसदीय दलको नेता चुन्ने कार्यक्रम रहेको छ। दोस्रो ठूलोदल एमालेले संसदीय दलको नेतामा खजराज अअिकारीलाइ चयन गरेको छ।

त्यस्तै राप्रपाले पनि दलको नेता चुनिसक्दा माओवादीले हरी चुमानलाई नेता बनाउने भएको छ।

पुष १२, २०७९ मंगलबार १९:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।