इमरान खानमाथिको आक्रमण सुनियोजित षडयन्त्र भएकाे छानविन समितिकाे निष्कर्ष

इमरान खानमाथिको आक्रमण सुनियोजित षडयन्त्र भएकाे छानविन समितिकाे निष्कर्ष

एजेन्सी : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहारको घटनाको छानबिन गरिरहेको संयुक्त अनुसन्धान समिति (जेआईटी)ले उनीविरुद्ध ‘सुनियोजित षड्यन्त्र’ भएको निष्कर्ष निकालेकोछ ।

गत महिना इस्लामावादको लागि लङ मार्चमा रहेका इमरान खानमाथि आक्रमण भएको थियो। इमरान खानको दाहिने खुट्टामा गोली लागेको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार, जेआईटीको रिपोर्टलाई लिएर पाकिस्तानको पञ्जाब प्रान्तका आन्तरिक मन्त्री ओमर शरीफले खानमाथिको हमला ‘सुनियोजित षडयन्त्र’ भएको बताए।

उनले भने, ‘जेआईटीले आक्रमणमा एकभन्दा बढि आक्रमणकारी संलग्न रहेको पत्ता लगाएको छ। प्रहरीले मुख्य आरोपी मोहम्मद नावेदलाई पक्राउ गरेको छ। उनी जनवरी ३ सम्म जेआईटीको हिरासतमा रहनेछन्।’

शरीफले नावेद ‘प्रशिक्षित हत्यारा र आफ्नो सहयोगी सहित घटनास्थलमा रहेको’ बताएका छन्। नावेद पोलिग्राफ टेस्टमा पनि फेल भएको उनले बताए।

यसअघि पनि नावेदले लङ मार्चको समयमा गीत बजिरहेको बेला इमरान खानलाई मार्न चाहेको प्रहरीलाई बताइसकेका छन्।

पुष १२, २०७९ मंगलबार १८:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।