चीनको सैन्य दवाव बढाएपछि ताइवानमा नयाँ नियम लागू

चीनको सैन्य दवाव बढाएपछि ताइवानमा नयाँ नियम लागू

एजेन्सी : ताइवानले देशका सबै पुरुषले सेनामा एक वर्ष सेवा गर्नुपर्ने अनिवार्य नियम बनाएको छ।

चीनको बढ्दो सैन्य दवावका कारण सेनामा अनिवार्य सेवाको वर्तमान अवधि पर्याप्त नभएको भन्दै राष्ट्रपति साई इङ–वेनले यस्तो घोषणा गरेकी हुन्। अहिले चार हरेक पुरुषलाई चार वर्ष सेवा अनिवार्य गरिएको छ।

समाचार एजेन्सी एएफपीका अनुसार राष्ट्रपति साई इङ–वेनले उच्चस्तरीय सरकारी बैठकपछि पत्रकार सम्मेलनमा चीनबाट ‘ताइवानमाथिको खतरा बढ्दै गएको’ बताइन्।

‘युद्ध कोही चाहँदैन, तर मेरो देशका जनता, शान्ति आकाशबाट खस्दैन,’ उनले भनिन्, ‘द्रुत गतिमा परिवर्तन भएको अवस्थामा चार महिनाको सैनिक सेवा पुग्दैन। हामीले एक वर्षको अनिवार्य सेवा पुनः सञ्चालन गर्ने निर्णय गरेका छौं।’

यो नयाँ नियम जनवरी १, २००५ पछि जन्मेका सबै पुरुषहरूमा लागू हुनेछ।

पुष १२, २०७९ मंगलबार १६:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।