पोलियोविरुद्धको खोप लगाउने समय परिवर्तन, अब १४ हप्तामै लगाइने
काठमाडाैं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोलियोविरुद्धको खोप ‘एफआइपिभि’ लगाउने समय परिवर्तन गरेको छ। मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले विज्ञको सल्लाहमा नै लगाउने समयको अवधि परिवर्तन गरिएको जानकारी दिए।
ठाकुरका अनुसार एक वर्ष मुनिका बालबालिकाका लागि अब पाेलियाेकाे पहिलो मात्रा १४ हप्ता र दोस्रो मात्रा नौ महिनामा लगाइने छ। यसअघि पाेलियाेकाे पहिलो मात्रा ६ हप्ता र दाेस्राे मात्र १४ हप्तामा दिने गरिएकाे थियाे।
त्यसैगरी, एक वर्ष उमेरमा खोप लगाउन छुटेमा पाँच वर्षभित्रमा पनि लगाउन सकिने उनले बतााए। ठाकुरका अनुसार पाँच वर्षभित्रमा बालबालिकाले चार महिनाको फरकमा दुई मात्रा खोप लगाउनु पर्छ।
पुष १२, २०७९ मंगलबार १६:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।