नयाँ सरकारले शेयर बजारमा ल्याएको उछाल, ३ अर्ब ८८ करोडको कारोबार
काठमाडौं : नयाँ सरकार गठन भएको दोस्रो दिन पनि शेयर बजारमा राम्रो उछाल आयाे।
मंगलबार नेप्से परिसूचक ५९.८७ अंकले बढेर १९८३.९५ विन्दु पुग्दा सेन्सेटिभ परिसूचक १०.५९ अंकले बढेर ३८६ विन्दुमा उक्ल्याे।
बजार बढ्दा कारोबार रकम पनि ह्वात्तै बढ्याे। सोमबार २ अर्बको कारोबार भएको बजारमा आज ३ अर्ब ८८ करोडभन्दा बढिको कारोबार भयाे।
९ वटा कम्पनीको शेयरमा आज पनि सकारात्मक सर्किट लाग्याे। नयाँ अर्थमन्त्री विष्णु पौडेललाई लगानीकर्ताले रुचाए। यसअघि पनि अर्थमन्त्री पौडेल हुँदा शेयर बजारमा व्यापक सुधार आएको थियो।
मंगलबार सबैभन्दा बढि लक्ष्मी बैंकको २० करोडको कारोबार हुँदा नेपाल टेलिकमको १४ करोडको कारोबार भयाे। हिमालयन डिस्टिलरी १२ र नबिल बैंकको ११ करोडको कारोबार भयाे।
आज लगानी समूह ६.४३ प्रतिशतले बढ्दा त्यसपछि जलविद्युत् समूह ४.६८ प्रतिशतले बढ्याे। सबैभन्दा कम बढेको म्युचल फण्ड समूह पनि आज ०.७१ प्रतिशतले उकालो लाग्याे।
पुष १२, २०७९ मंगलबार १५:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।