नियम विपरीतका व्यक्तिगत सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृह मन्त्रालयको निर्देशन

नियम विपरीतका व्यक्तिगत सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं : गृह मन्त्रालयले नियम विपरीतका व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी फिर्ता गर्न निर्देशन दिएको छ।

मंगलबार विज्ञप्ति निकालेर मन्त्रालयले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको हो।

विज्ञप्तिमा भनिएको छ– ‘नेपाल सरकारबाट विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ जारी भई कार्यान्वयनमा रहेको र उक्त कार्यविधि विपरीत सेवा सुविधा लिएको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन गरिसकिएको हुँदा कार्यविधि पालना गरिदिन अनुरोध छ।’

पुष १२, २०७९ मंगलबार १५:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।