गृहमन्त्री लामिछानेको नागरिकता विवाधमा सर्वोच्चमा पुस २२ गते सुनुवाइ

गृहमन्त्री लामिछानेको नागरिकता विवाधमा सर्वोच्चमा पुस २२ गते सुनुवाइ

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनियुक्त गृहमन्त्री रवि लामिछानेको नाागरिकता विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा पुस २२ गते सुनुवाइ हुने भएको छ। 

नाागरिकता विवादमा लामिछानेलाई सांसदको शपथ लिन रोक लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो।

उनले मंसिर ४ गतेकाे निर्वाचनका लागि अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भएको नेपाली नागरिकता प्रयोग गरेको आराेप लागेकाे थियाे। यसपछि उनकाे सांसद पदको योग्यताबारे अधिवक्ता रविराज बसौला लगायतले सर्वाेच्च्मा रिट दायर गरेका थिए।

अब पुस २२ गते लामिछानेकाे नागरिकताकाे विषयमा बहस भएपछि सर्वाेच्चले उनी सांसद हुन योग्य कि अयोग्य भन्ने निर्णय गर्नेछ।

पुष १२, २०७९ मंगलबार १४:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।