नेपाल टी ट्वान्टी लिगः अन्तिम बलमा सालक्वेकले छक्का हानेपछि लुम्बिनीले पाेखारालाई हरायाे

नेपाल टी ट्वान्टी लिगः अन्तिम बलमा सालक्वेकले छक्का हानेपछि लुम्बिनीले पाेखारालाई हरायाे
तस्बिरः क्यान

काठमाडाैं। दक्षिण अफ्रिकाका खेलाडी श्याडले भान सालक्वेकले अन्तिम बलमा छक्का हान्दै नेपाल टी ट्वान्टी लिगमा लुम्बिनी अल स्टार्सलाई लगातार दाेस्राे जित दिलाएका छन्। निकै राेमाञ्चक खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई तीन विकेटले हरायाे।

पाेखराकाे जारी लिगमा याे लगातार दाेस्राे हार हाे। टीयू खेल मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेकाे पाेखराले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १३३ रन बनाएकाे थियाे। पाेखराकाे लागि कुशल मल्लले ३१ बलमा पाँच चाैका र पाँच छक्काकाे सहयाेगमा सर्वाधिक ६१ रन जाेडेका थिए।

जवाफमा १३४ रनकाे सहज लक्ष्य लुम्बिनीले अन्तिम बलमा ७ विकेट गुमाउँदै भेट्टायाे। सालक्वेकले विष्फाेटक ब्याटिङ गर्दै मात्र ११ बलमा चार छक्कासहित अविजित ३१ रनकाे याेगदान दिए।

जितका लागि अन्तिम बलमा पाँच रन चाहिएकाे अवस्थामा उनले छक्का हान्दै जित पक्का गरेका थिए। उनले बलिङमा पनि तीन विकेट लिएका थिए।

अल स्टार्सका लागि कुशल भुर्तेलले २८ बलमा ४ चौका र २ छक्काकाे सहयाेगमा सर्वाधिक ३९ रन बनाएका थिए।

पुष १२, २०७९ मंगलबार १३:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।