पाकिस्तानका कप्तान बाबर आजमले ताेडे १६ वर्ष पुरानाे कीर्तिमान
एजेन्सीः पाकिस्तानका कप्तान बाबर आजमले माेहमद युसुफकाे नाममा रहेकाे १६ वर्ष पुरानाे कीर्तिमान ताेडेका छन्। पाकिस्तानकाे कराँचीमा जारी न्यु जिल्याण्डसँगकाे टेष्टकाे पहिलाे इनिङमा शतक प्रहार गर्दै उनले रेकर्ड बनाएका हुन्।
उनले एकै क्यालेन्डर वर्षमा सबैभन्दा धेरै रन बनाउने पाकिस्तानी खेलाडीकाे रेकर्ड ताेडेका हुन्। न्युजिल्याण्डसँगकाे खेलमा उनले १६१ रनकाे सान्दार ब्याटिङ गरे।
सन् २००६ मा युसुफले सबै खाले फर्म्याटमा गरेर कुल २ हजार ४३५ रन बनाएका थिए। बाबरकाे भने याे वर्ष सबै खाले प्रतियाेगितामा गरेर रन संख्या २ हजार ५८४ भएकाे छ।
उनले रिकि पाेन्टिङकाे नाउमा रहेकाे एकै वर्षकाे सबैभन्दा बढी अर्धशतक वा त्याे भन्दा बढी रन हान्ने रेकर्ड पनि ताेडेका छन्। सन् २००५ मा पाेन्टिङकाे नाउमा २४ वटा ५० प्लस् स्काेरकाे रेकर्ड थियाे। बाबरले याे टेष्टकाे शतकसँगै सन् २००२ मा ५० प्लस् स्काेरकाे संख्या २६ बनाए।
पुष १२, २०७९ मंगलबार १३:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।