वरिष्ठ अधिवक्ता पोखरेल महान्यायाधिवक्तामा सिफारिस
काठमाडौं: वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेल सरकारको महान्यायाधिवक्तामा सिफारिस भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पोखरेललाई सरकारको कानूनी सल्लाहकारमा नियुक्तिका लागि सिफारिस गरेका हुन्।
प्रधानमन्त्रीले नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका हुन्। पोखरेल यसअघि सर्वोच्च अदालतको न्यायाधीशको पनि दावेदार थिए।
पोखरेल माओवादीनिकट मानिन्छन्।
पुष १२, २०७९ मंगलबार १२:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।