राेनाल्डाेलाई विश्वकपमा राजनीतिक प्रतिबन्ध लागेकाे थियाे, त्यसैले पुरै समय खेल्न दिइएनः टर्कीका राष्ट्रपति एर्डाेगान
एजेन्सीः टर्कीका राष्ट्रपति रेकेप टायिप एर्डाेगानले राजनीतिक प्रतिबन्धका कारण पाेर्चुगलका स्टार खेलाडी राेनाल्डाेले विश्वकपका खेलहरूमा पुरै समय खेल्न नपाएकाे बताएका छन्। उनका अनुसार प्यालेस्टाइनकाे पक्षमा रहेका खेलाडी भएकाे कारण राेनाल्डाेले पछिल्ला खेलहरूमा बेन्चमै बस्नु परेकाे हाे।
टर्कीका प्रमुखका अनुसार राेनाल्डाे इजरायल - प्यालेस्टाइन द्वन्द्वमा प्यालेस्टाइनकाे पक्षमा रहेका खेलाडी हुन्। तर यस सन्दर्भमा राेनाल्डाले कुनै सार्वजनिक अभिव्यक्ति भने दिएका छैनन्।
राेनाल्डाेलाई मेस्सीसँग तुलना गर्दै उनले भने, ‘तिनीहरूले विश्वकपमा राेनाल्डाेलाई खेर फाले। दुर्भाग्यवश, उनीहरूले राेनाल्डाेमाथि राजनीतिक प्रतिबन्ध लगाएका थिए।’
पाेर्चुगल कतार विश्वकपमा माेरक्काेसँग १-० काे हार भाेग्दै क्वाटरफाइनलबाट बाहिरिएकाे थियाे। याे खेलमा ३७ वर्षीय राेनाल्डाे दाेस्राे हाफमा मात्र सबस्टिट्युट खेलाडीकाे रुपमा मैदानमा छिरेका थिए।
याे हारपछि पाँचवटा विश्वकपमा गाेल गर्ने रेकर्ड बनाएका राेनाल्डाेले अब आफ्नाे विश्वकप सकिएकाे अनुमानमा रुदै मैदान छाडेका थिए।
‘राेनाल्डाे जस्ताे खेलाडीलाई बेन्चमा नै राखेर अन्तिम ३० मिनेट मात्र खेल्न पठाउनु भनेकाे उनकाे मानसिक अवस्थालाई ध्वस्त पार्नु हाे’, एर्डाेगानले आइतबार एक कार्यक्रममा बाल्नेक्रममा बताए। उनका अनुसार राेनाल्डाे ती खेलाडी हुन जाे प्लेस्टाइनकाे लागि उभिएका छन्।
स्विट्जरल्याण्डसँगकाे अन्तिम १६ काे खेलमा पनि राेनाल्डाेले सुरुवाती ११ मा स्थान पाएका थिएनन्।
पुष १२, २०७९ मंगलबार १२:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।