डेरा खोज्ने दौडधुपमा सिके राउत
काठमाडौं: जनमत पार्टीका अध्यक्ष डा. सिके राउत काठमाडौंमा डेरा खोज्न दौडधुपमा छन्। आज सामाजिक सञ्जालमा एक पोस्ट हाल्दै उनले काठमाडौंमा डेरा खोज्न लागिपरेको बताएका हुन्।
ट्वीटरमा आफ्नो एक तस्बिरसहित उनले लेखेका छन्, 'काठमाडौं बस्न डेरा/घर खोज्नै गाह्रो, आज पनि जाँदैछु।'
राउतले आफूलाई काठमाडौंमा भएको बेला एकान्तमा डाँडाकाँडातिर बसौँबसौँ लाग्ने गरेको पनि बताएका छन्। भक्तपुरको घ्याम्पे डाँडास्थित पाइलट बाबा आश्रमको तस्बिर राख्दै उनले आफूलाई यस्तै ठाउँ मनपर्ने बताएका छन्।
राउत गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सिरहा- २ बाट निर्वाचित भएका हुन्। उनले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका हुन्।
राउत नेतृत्त्वको जनमत पार्टीले यस निर्वाचनमा प्रत्यक्षमा एक सिट जित्दा समानुपातिकबाट पाँच सिट हात पारेको छ।
यस्तै जनमत पार्टीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्त्वको सरकारलाई समेत समर्थन गरेको छ।
शुभप्रभात !🙏काठमाडौं बस्न डेरा/घर खोज्नै गार्हो, आज पनि जाँदैछु। बरू काठमाडौं भएको बेला एकान्तमा यस्तै #डाँडाकाँडातिर बसौंबसौं लाग्ने - कस्ता रमणीय र ध्यान लाग्ने ठाउँहरू। घ्याम्पे डाँडास्थित #पाइलटबाबा आश्रम गत शनिबार जाँदाको तस्वीर। pic.twitter.com/r4RZGO9q4Z
— Dr. CK Raut (@drckraut) December 27, 2022
पुष १२, २०७९ मंगलबार १०:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।