जसपा तत्काल सरकारमा नजाने, राजनीतिक समितिको बैठकले ठोस निर्णय गर्ने

जसपा तत्काल सरकारमा नजाने, राजनीतिक समितिको बैठकले ठोस निर्णय गर्ने

काठमाडौं: जनता समाजवादी पार्टी, नेपाल (जसपा) तत्काल मन्त्रिपरिषद्मा सामेल नहुने भएको छ। सरकारमा जाने या नजाने विषय पार्टीको राजनीतिक समितिको बैठकपछि मात्र टुङ्गो लाग्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

राजनीतिक समितिको बैठक यही पुस १८ र १९ गते बस्नेछ। त्यतिबेलासम्म पार्टीको संसदीय दलको नेता चयनको प्रक्रिया पनि टुङ्गो लाग्नेछ। पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्त्वको सरकारलाई समर्थन भने गरेको छ।

जसपाको लागि पार्टी सरकारमा सहभागी हुने या नहुनेभन्दा पनि संसदीय दलको नेता को र कहिले चयन हुने भन्ने विषय बढी चासोको विषय बनेको छ।

पुष १२, २०७९ मंगलबार ०८:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।