सरकारका प्रवक्तामा विष्णु पौडेल
काठमाडौं : नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार बेलुकी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्त्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
सूचना प्रविधि तथा सञ्चारमन्त्री नबनेसम्मका लागि पौडेललाई प्रवक्ता जिम्मेवारी दिइएको एक मन्त्रीले जानकारी दिए।
सोमबारको बैठकपछि पौडेलले नै पहिलो मन्त्रिपरिषद्को निर्णयबारे सञ्चारकर्मीलाई जानकारी गराएका थिए। उनले आजको मन्त्रिपरिषद्ले गरेका पाँच निर्णयको बारेमा सञ्चारकर्मीलाई जानकारी दिए।
पुष ११, २०७९ सोमबार २२:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।