अफगानिस्तानमा बम विष्फोट, तालिवान प्रहरी प्रमुखसहित तीन जनाको मृत्यु

अफगानिस्तानमा बम विष्फोट, तालिवान प्रहरी प्रमुखसहित तीन जनाको मृत्यु

एजेन्सी : अफगानिस्तानको उत्तरपूर्वी क्षेत्रमा भएको बम विस्फोटमा बदख्सानका तालिवान प्रहरी प्रमुखको मृत्यु भएको छ।

तालिवानको आन्तरिक मन्त्रालयका अनुसार सन् २०२१ मा अफगानिस्तानमा तालिबान सत्तामा आएपछि यस्तो हमलामा ज्यान गुमाउने उनी उच्च श्रेणीका तालिबान अधिकारी हुन्।

मन्त्रालयका प्रवक्ता अब्दुल नाफे टकुरले बीबीसीलाई दिएको जानकारीमा विस्फोटमा तीन जनाको मृत्यु भएको छ र दुई जना घाइते भएका छन्।

बदख्सान प्रान्तको फैजाबाद जिल्लामा रहेको प्रहरी प्रमुख मौलवी अब्दुल हकको कार्यालय नजिकै विस्फोट भएको हो। अन्य दुई जना प्रहरी प्रमुख हकका अंगरक्षक थिए ।

घटनामा प्रहरीले हालसम्म चार जनालाई पक्राउ गरेको छ। आक्रमण  कसले गराएको हो भन्ने जानकारी अहिलेसम्म प्राप्त भएको छैन भने जिम्मेवारी पनि कुनै समूहले लिएको छैन।

पुष ११, २०७९ सोमबार १९:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।