माछापुच्छ्रे ओपन भेट्रान्स टेनिस प्रतियोगिता सुरू, २ सय बढि खेलाडी सहभागी

माछापुच्छ्रे ओपन भेट्रान्स टेनिस प्रतियोगिता सुरू, २ सय बढि खेलाडी सहभागी

पोखरा : पोखरामा माछापुच्छ्रे ओपन भेट्रान्स टेनिस प्रतियोगिता २०७९ सुरू भएको छ।

कास्की जिल्ला टेनिस संघको आयोजना र माछापुच्छ्रे बैकको मुख्य प्रायोजनामा १९औं प्रतियोगिता सोमबार पोखरा रंगशालास्थित टेनिस कोर्टमा सुरू भएको हो।

पौस १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन भेट्रान्सतर्फका ५१ प्रतिस्पर्धाहरू सम्पन्न भएको टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले बताए।

प्रतियोगितामा ३५, ४५ र ५५ वर्षमाथि सिंगल्स र डबल्स स्पर्धाहरू सम्पन्न भए।

प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराको पर्यटन प्रवर्द्धनम खेलकुदको भूमिका महत्वपूर्ण रहेको बताए।

प्रतियोगितामा भागलिनका लागि भारत, बेलायत र भुटानबाट समेत खेलाडी पोखरा आएको उपाध्यक्ष चालिसे जानकारी दिए। उनका अनुसार सहभागी खेलाडीमध्ये ५७ जना पोखराका रहेका छन् भने ९३ जना पोखरा खेलाडी बाहिरबाट आएका छन्।

प्रतियोगिता अन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष माथी गरी विभिन्न उमेर सुमहमा १२ इभेन्टमा प्रतिस्पर्धा हुने भएको छ।

प्रतियोगितामा ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका विजेताले जनही नगद ८० हजार र उपविजेताले नगद ४० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

त्यसै गरी सेमिफाइनलमा पुग्नेले नगद १० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा मेन्स र उमेन्स डबल्सतर्फ विजेताले नगद ३० हजार, उपविजेताले १५ हजारसहित ट्रफी र सेमिफाइनालिष्टले नगद १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगिता सम्पन्न गर्न करिब १६ लाख ५० हजार खर्च हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले जानकारी दिए। प्रतियोगितामा पुरस्कार राशीमा ७ लाख ४० हजार खर्च हुनेछ।

पुष ११, २०७९ सोमबार १९:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।