तेस्रो कार्यकालमा कोटपाइन्टबाट दौरा सुरुवालमा ‘सिप्ट’ भए प्रचण्ड
काठमाडौं : नाटकीय रूपमा राजनीतिमा उलटफेर भएपछि आइतबार अपराह्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ४४औं प्रधानमन्त्री नियुक्त भए।
नवनियुक्त प्रधानमन्त्री दाहालको अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण पनि गरे।
यसअघि दुईपटक प्रधानमन्त्री भइसकेका माओवादी अध्यक्ष दाहाललाई तेस्रोपटक प्रधानमन्त्रीको सपथ ग्रहण गर्दैथिए।
तेस्रोपटकको शपथग्रहण समारोहमा भने उनी केही फरक देखिए। प्रधानमन्त्री दाहाल पद तथा गोपनीयताको शपथका लागि राष्ट्रपति कार्यालय शीतल निवासमा दौरासुरुवाल र भादगाउँले टोपीमा पुगे।
यसअघि दुईपटक प्रधानमन्त्री भए पनि उनले दौरा सुरुवाल लगाएका थिएनन्। समान्यतया, कोट पाइन्ट लगाउन रुचाउने उनले नयाँ परिस्थितिमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै गर्दा लगाएको पोशाकको पनि राम्रै चर्चा भयो।
प्रधानमन्त्रीले मात्रै नभई उपप्रधानमन्त्रीत्रय विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले पनि पद तथा गोपनीयताको शपथ ग्रहणमा दौरा सुरुवालमै उपस्थित भए।
पुष ११, २०७९ सोमबार १९:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।