मृत्यु भइसकेका व्यक्तिको भत्ता हिनामिनाको आरोपमा तीन वडा सचिवविरुद्ध मुद्दा दर्ता
काठमाडौं : मृत्यु भइसकेका, बसाइ सरेका र अभिलेखमै नभएका मानिसको सामजिक सुरक्षा भत्ता वितरणमा हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना वडासचिवविरुद्ध मुद्दा दर्ता गरेको छ।
खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नं. ४ को आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ मा सामाजिक सुरक्षा भत्ता वितरणमा हिनामिना गरेको उजुरीका आधारमा छानविन गर्दा तीन वडासचिवविरुद्ध मुद्दा दायर गरिएको हो।
तत्कालीन वडा सचिवहरू मोहनप्रसाद आचार्य, जानुका श्रेष्ठ र पवन श्रेष्ठविरुद्ध क्रमशः ५५ हजार २००, १ लाख ७७ हजार ६०० र ३५ हजार २०० रूपैयाँ हिनामिना गरेको देखिएकोले तीनैजनाविरुद्ध भ्रष्टाचार गरे बराबरको बिगो बमोजिम जरिवाना असुलउपर गर्न माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
पुष ११, २०७९ सोमबार १८:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।