गृहमन्त्री भएपछि नागरिकता विवादबारे रविले भने, ‘स्वतन्त्र रूपमा छानविन हुन्छ, हस्तक्षेप गर्दिन’
काठमाडौं : नवनियुक्त गृहमन्त्री रवि लामिछानेले स्वतन्त्र रूपमा नागरिकता र राहदानीको विषयमा छानविन गर्नका लागि सहयोग गर्ने बताए।
गृहमन्त्रीको पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग बोल्दै मन्त्री लामिछानेले स्वतन्त्र रूपमा काम गर्न आफूले हस्तक्षेप नगर्ने बताए।
‘स्वतन्त्र र निश्पक्ष रूपमा विभेद नगरी कार्य सम्पादन गर्ने अधिकार आजैबाट छ, जहिल्यैपनि छ,’ उनले भने, ‘स्वतन्त्र ढङ्गले हरेक कुराको निश्पक्ष छानविन गर्ने अधिकारमा मेरो सहयोगबाहेक कुनै हस्तक्षेप हुँदैन।’
सञ्चारकर्मी भएर काम गर्दा सबैभन्दा बढि काम गर्नुपर्ने गृह प्रशासन र प्रहरी प्रशासनमा देखिएको केही सुधार गर्न सकिन्छ कि भनेर। आफूले गृह मन्त्रालय नै छानेको उनले बताए।
गृह मन्त्रालय र काठमाडौं प्रशासनको निर्णयअनुसार प्रहरी र अख्तियारको टोली रवि लामिछानेको नागरिकता र राहदानीको छानविन गरिरहेको छ।
पुष ११, २०७९ सोमबार १७:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।