भ्रष्टाचारविरुद्ध उच्चस्तरीय संयन्त्रसहितको चार सर्तमा सहभागी भएको रविको दाबी

भ्रष्टाचारविरुद्ध उच्चस्तरीय संयन्त्रसहितको चार सर्तमा सहभागी भएको रविको दाबी

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार विरुद्ध अनुसन्धानका लागि उच्चस्तरीय संयन्त्र गठनसहितको चार सर्तमा सरकारमा सहभागी भएको दाबी गरेका छन्।

के-के सर्तमा सरकारमा सहभागी भएको हो भन्ने पत्रकारहरूको प्रश्नमा उनले चार सर्तमा प्रतिबद्धता आएपछि वर्तमान गठबन्धनमा सहभागी भएर सरकारमा सहभागी हुने निर्णय गरेको दाबी गरेका हुन्।

उनको दाबी अनुसार भ्रष्टाचारविरुद्ध उच्चस्तरीय आयोग वा संयन्त्र गठन, शिक्षा र स्वास्थ्य सम्बन्धी कानुन ल्याउन, विदेशमा रहेका नेपालीको मताधिकारको ग्यारेन्टी गर्न र विदेशमा रहेका नेपालीको सामाजिक र आर्थिकसँगै अलपत्र पर्दा उद्धार टिम खटाउने सर्तमा सरकारमा सहभागी भएको दाबी गरेका हुन्।

पुष ११, २०७९ सोमबार १६:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।