नयाँ सरकारले लगानीकर्ता उत्साहित, एकैदिन ५७ अंकले बढ्या नेप्से
काठमाडौं : नयाँ सरकार गठनको असर शेयर बजारमा पनि देखिएको छ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्त्वमा सरकार गठन भएसँगै शेयर बजारमा ५७ अंकको सुधार आएको हो।
सोमबार नेप्से परिसूचक ५६.८८ अंकले बढेर १९२४ विन्दुमा पुग्दा सेन्सेटिभ परिसूचक ८.३८ अंकले बढेर ३७५ विन्दुमा छ।
यसदिन सबैभन्दा बढि ६.५२ प्रतिशतले फाइनान्स समूह बढ्दा जलविद्युत् ५.१६ प्रतिशतले र विकास बैंक ४.६६ प्रतिशतले बढेको हो।
१३ भन्दा बढि कम्पनीमा सकारात्मक सर्किट लागेको यसदिन २ अर्बमाथिको कारोबार भएको छ।
२५० कम्पनीका ५६ लाख ५३ हजार ५३ कित्ता शेयर किनबेच भएको यसदिन २ अर्ब ९ करोड ७० लाखभन्दा बढिको कारोबार भयो।
पुष ११, २०७९ सोमबार १६:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।