रवि उपप्रधानसहित गृहमन्त्री बन्ने पक्का, अहिले ४ बजे शपथग्रहण

रवि उपप्रधानसहित गृहमन्त्री बन्ने पक्का, अहिले ४ बजे शपथग्रहण

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने भएका छन्।

रास्वपाका केन्द्रीय सदस्य दीपक बोहराका अनुसार लामिछानेले गृहमन्त्रालय पाउने निश्चित भएको हो।

‘नारायणकाजीजी र रविजीले गृहमन्त्रीमा दाबी गर्नुभएके हो,’ उनले भने, ‘तर, अब नारायणकाजीजीले परराष्ट्र रोजेपछि उहाँले गृहमन्त्रालय पाउने पक्का भएको हो।’

लामिछानेले उपप्रधानसहित गृह मन्त्रालय पाउने भएपछि शपथग्रहणको तयारीमा जुटेका छन्। अहिले ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसहित तीन उपप्रधानमन्त्री र एक मन्त्रीलाई शपथग्रहण गराउँदैछिन्।

माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउँदा एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्री बनेर सरकारमा सहभागी भएका छन्।

पुष ११, २०७९ सोमबार १५:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।