रास्वपाकाे दाबी गृह मन्त्रालय
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीमा दाबी गरेका छन्।
संसद भवन परिसर, बानेश्वरमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा रविले आफ्नो दाबी पेश गरेका हुन्।
रास्वपाले भ्रष्टाचारको मुद्दा हेर्न अधिकार सम्पन्न संयन्त्र बनाउने, शिक्षा र स्वास्थ्यमा साझा विधेयक ल्याउने, विदेशमा रहेका नेपालीहरुलाई भोटिङ राइट दिने, उद्दारका लागि संयन्त्र बनाउने, स्टार्टअपलाई विशेष कार्यक्रम बनाउनुपर्ने शर्त पनि राखेको लामिछानेले बताए।
लामिछानेको दल सरकारलाई समर्थन गर्ने एमाले र सरकारको नेतृत्व गर्ने नेकपा माओवादी केन्द्रपछिको तेस्रो ठूलो दल हो।
पुष ११, २०७९ सोमबार १५:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।