प्रधानमन्त्री निवास बालुवाटारका लागि भनेर नयाँ र भड्किलो सामान नकिन्नुः प्रचण्ड
काठमाडाैं। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुनै पनि भड्किलो सामान खरिद नगर्न निर्देशन दिएका छन्। प्रचण्डले सचिवालयमार्फत कुनै पनि भड्किलो मालसामान खरिद नगर्न निर्देशन दिएका हुन्।
प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार उनले कुनै पनि नयाँ तथा भड्किलो सर-सामान खरिद नगर्न निर्देशन दिएका हुन्। प्रधानमन्त्री दाहालले प्रधानमन्त्री कार्यालयको स्वकीय सचिवालयमार्फत् उनको निवास व्यवस्थापन शाखालाई उक्त निर्देशन दिएकाे बताइएकाे छ।
एमाले लगाउत सात दलसँगकाे नयाँ सत्ता गठबन्धनपछि प्रधानमन्त्री बनेका प्रचण्डले आज (साेमबार) शपथ ग्रहण गर्दै छन्।
पुष ११, २०७९ सोमबार १४:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।