देउवाले हिजाे जसरी पनि ५ बजाउँदै ठूलो दलको रुपमा सरकार बनाउन खोजेपछि अर्को गठबन्धन गर्नुपर्‍यो

देउवाले हिजाे जसरी पनि ५ बजाउँदै ठूलो दलको रुपमा सरकार बनाउन खोजेपछि अर्को गठबन्धन गर्नुपर्‍यो
तस्बिरः प्रचण्डकाे फेसबुक पेज

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन बचाउन अन्तिम सयमसम्म कोसिस गरेपनि नसकेको बताएका छन्। प्रचण्डले पार्टी पदाधिकारीको बैठकमा बाेल्दै देउवाले अल्पमतको सरकार बनाउन खोजेकाले नयाँ गठबन्धन गर्नु परेको बताएका हुन्।

सोमबार बिहान बसेको पार्टी पदाधिकारीको बैठकमा उनले भने, ‘देउवाले जसरी पनि हिजाे ५ बजाउँदै ठूलो दलको रुपमा सरकार बनाउन खोजेपछि अर्को गठबन्धनतिर लाग्नु परेकाे हाे।’

कांग्रेससँगकाे गठबन्धन छाडेर एमाले लगायत सात दलसँगकाे नयाँ गठबन्धनपछि प्रचण्ड नेपालका नयाँ प्रधानमन्त्री बनेका हुन्।

उनले राप्रपा र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने तर यस सरकारलाई समर्थन भने गर्ने बताएका छन्।

पुष ११, २०७९ सोमबार १४:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।