चार टिम सहभागी भलिबल च्याम्पियनसिपमा नेपाल चौथो भयाे

चार टिम सहभागी भलिबल च्याम्पियनसिपमा नेपाल चौथो भयाे

काठमाडाैं। चार टिमकाे सहभागिता रहेकाे बंगबन्धु एसियन सेन्ट्रल जोन यू-२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपमा नेपाल चौथो भएको छ।

बंगलादेश ढाकामा भएकाे प्रतियाेगताकाे तेस्रो स्थानको खेलमा नेपाल श्रीलंकासँग ३–२ को सेटमा पराजित भयाे। नेपालले च्याम्पियनसिपमा खेलेका ५ खेलमा एक खेल पनि जित्न सकेन।

साेमबारकाे खेलमा नेपालले पहिलो सेट २५–२२ र चौथो सेट २५–२० ले जितेकाे थियाे। तर नेपालले दाेस्राे सेट १९–२५ र तेस्राे सेट १९–२५ ले गुमायाे। यसपछि निर्णायक पाँचाैं सेट १०–१५ ले गुमाउँदा नेपाल पराजित भयाे भने श्रीलंका तेस्राे भयाे।

 

पुष ११, २०७९ सोमबार १३:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।