रास्वपामा मन्त्रीको विवादः सभापति सोविताको पक्षमा, महामन्त्रीको सिफारिस डा. चन्दा

रास्वपामा मन्त्रीको विवादः सभापति सोविताको पक्षमा, महामन्त्रीको सिफारिस डा. चन्दा

काठमाडाैं। सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सामेल हुने निर्णयसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा मन्त्री पदका लागि भने विवाद सुरु भएको छ। सत्ता गठबन्धनकाे जारी बैठकमा लामिछानेले उपप्रधानमन्त्रीसहित गृह र भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गर्ने बुझिएकाे छ।

सत्ता गठबन्धनकाे बैठकमा जुनसुकै मन्त्रालय दाबी गरेपनि यता पार्टी भित्र भने कसालई मन्त्री बनाउने भन्ने विषयमा विवाद सुरु भएकाे स्राेतले जनाएकाे छ। सभापति रवि लामिछाने साेविता गाैतमलाई मन्त्री बनाउने पक्षमा छन्। सोविता काठमाडौं क्षेत्र नंं २ बाट निर्वाचित भएकी थिइन्।

उता मन्त्रीका लागि पर्टीका महामन्त्री मुकुल ढकालको सिफारिसमा भने डा. चन्दा कार्की परेकी छन्। सामनुपातिक तर्फबाट सांसद बनेकी डा. कार्की महामन्त्री मुकुल ढकालसँग निकट छिन्। उनी मेडकिल कलेज व्यवसायी हुन्।

चन्दाको चयनमा भने पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले असहमती राखेका छन्।

लामिछानेले भने कुन मन्त्रालय पाउने टुंगो लागेपछि मात्रै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम पार्टीले तय गर्ने बताएका छन्। प्रतिनिधिसभामा २० सिटसहित चौथो ठूलो दल बनेको रास्वपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेसँगै नयाँ गठबन्धनबाट सरकारमा सामले हुन लागेकाे हाे।

पुष ११, २०७९ सोमबार १३:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।