सरकारको नेतृत्त्व प्रचण्डले गर्ने भएकाले राप्रपाले समर्थन मात्रै गर्ने मन्त्री नलिने
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरू सरकारलाई समर्थन मात्र गर्ने र सरकारमा सहभागी नहुने प्रष्ट पारेका छन्। आज नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो बताएका हुन्।
पुष्पकमल दाहाल 'प्रचण्ड'को नेतृत्त्वमा आज नयाँ सरकार गठन हुँदैछ। प्रधानमन्त्रीमा हिजै प्रचण्ड नियुक्त भइसकेका छन्। आज भने शपथ ग्रहणसहित केही मन्त्री सरकारमा सहभागी हुनेछन्।
हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा लिङदेन र ओलीबीचको भेटमा लिङदेनले राजनीतिक स्थिरताका आफूहरूले सहयोग गर्ने बताएका थिए। तर प्रचण्डको नेतृत्त्वमा सरकार हुने भएकाले सरकारमै सहभागी हुन भने राप्रपाका पदाधिकारीले मानेनन्।
पुष ११, २०७९ सोमबार १२:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।