सत्ता गठबन्धनको बैठक सुरू, बाबुराम पनि देखिए बैठकमा
काठमाडाैं। नयाँ सरकारमा मन्त्रालय बाँडफाँडका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरू भएको छ। बैठकमा एमाले, माओवादी, रास्वपासहित गठबन्धनमा रहेका अन्य दलका प्रमुख नेताहरूकाे उपस्थिति रहेकाे छ।
नयाँ गठबन्धनपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँगै मन्त्रालयको भागबन्डाकाे लागि दलहरू तयारीमा लागेका हुन्।
यस गठबन्धनमा एमाले र माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी,नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी छन्।
बैठकमा निर्वाचनमा सहभागिता नजनाएका र याे गठबन्धनमा नरहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराइ पनि सामेल छन्।
पुष ११, २०७९ सोमबार १२:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।